भरत खड्का र जसुधा माझीको आवाजमा ”तिम्रो नजरले”सार्वजनिक

आइतवार, चैत्र ९, २०७६

loading...


काठमाडौं । नेपाली लोक दोहोरी गीत संगीतमा निकै रुचाइएका गायक भरत खड्का र गायिका जसुधा माझीको आवाजमा रहेको ”तिम्रो नजरले ”गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा पुस्ताका युवा युवतीबीचको माया र प्रेमलाई डान्सिङ विटमा गीत निमार्ण गरिएको छ । आफ्नी मायालुको आखाँ र ओठको लालीले निकै सताउने कुरा गीतमा गायकले गरेका छन । भरत खड्काको शब्द तथा नविन विरहीको संगीत सयोजन गीतमा रहेको छ ।

प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको छायाँकन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”तिम्रो नजरले ” गीतको भिडियोमा आरुषी मगर र नविन विरही श्रेष्ठको फिचरिङ गीतको भिडियोमा रहेको छ ।

हेनुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments