संगम लिम्बको ‘तिमी करोडमा सानु म चाहिँ रोडमा गीतको भिडियो सार्वजनिक

बुधबार, असार १३, २०७५

loading...


काठमाडौं ।  संगम लिम्बको ‘तिमी करोडमा सानु म चाहिँ रोडमा गीतको भिडियो सार्वजनिक भएको छ ।  थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेको बताएका छन् ।

गीतमा सङ्गीत विना पनि शब्दमा गाएका छन् उनले । ‘मैले एउटा फरक प्रयोग गर्न खोजेको हुँ’, दर्शक र स्रोताले पक्कै मनपराउनु हुने छ भन्ने आशावादी रहेको छु’, उनले भने ।

संगमकै शब्द, सङ्गीत र स्वरमा रहेको यो गीत उनको आफ्नै सुगम शैली र लोक प्याट्रन भन्दा फरक रहेको छ । महेश महराको छायाँकन, विरेन्द्र भाट ‘विपिन’ र संगमको निर्देशनमा तयार भएको भिडियोमा संगमआफैँ, शान्ति लिम्बु, दीपा र मनले अभिनय गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank