वीराङ्गना फिल्मको पहिलो गीत तिमी पुलिस म पनि पुलिस गीतको भिडियो सार्वजनिक
शुक्रबार, जेष्ठ ११, २०७५

काठमाडौं। असार २९ गतेबाट रिलिज हुने फिल्म वीराङ्गनाको पहिलो गीत तिमी पुलिस म नि पुलिस सार्वजनिक भएको छ ।काठमाडौंमा सम्पन्न डि सिने अवार्ड समारोहवीच फिल्म विराङ्गाना टिमले तिमी पुलिस म नि पुलिस सार्वजनिक गरिएको हो ।
गीतमा अनुप विक्रम शाही र शिल्पा पोखरेललाई पुलिसको ड्रेसमा डान्सिङ मुडमा देख्न सकिन्छ । गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।
बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।
यस्ताे छ भिडियाे
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments