हरि महतको नरोउ छोरी तीजमा आउछु लिनलाई तिज गीत  बिमोचन

आइतवार, भदौ ३, २०७५

loading...


काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज जति(जति नजिकिँदै छ । त्यति त्यति नयाँ तिज गित बजारमा आउने क्रम बढिरहेको छ । यसै क्रममा बिभिन्न कलाकारहरु तिज गीत बिमोचन गर्न भ्याई नभ्याई लागिपरिरहेका छन् ।

पछिल्लोपटक पर्यटन,भजन र लोकभाकाहरु गरेर तिन दर्जनजति म्युजिक भिडीयो निकालिसकेका चर्चित गायक हरि बहादुर महतको नरोउ छोरी तीजमा आउछु लिनलाई भन्ने बोलको तिज गीत बिमोचन गरीएको छ ।

महतको यस तिज गीतलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका अतिथिले बिमोचन गरेका थिए ।
हरिहरभवन स्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निवासमा भएको बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वयम् मन्त्री पण्डित रहेका थिए ।

प्रमुख अतिथि मन्त्री पण्डितले महतको तिजको गीत  नरोउ छोरी तीजमा आउछु लिनलाई हेरेपछि आफुलाई यो गीत निकै मन परेको र अत्यन्त मर्मस्पर्सी अनि समाजमा सकारात्मक सन्देश दिन सफल हुनेकुरा व्यक्त गरे ।

यसका साथै, बिमोचन कार्यक्रममा बोल्दै गाएक हरि बहादुर महतले आफु र आफ्नो टिमले यस गितकोलागि भनेर निकैनै मेहनत गरेको बताउदै यो तिज गीत दर्शकहरुले अबस्यनै मन पराइदिनु हुनेछ भन्नेमा आफु पूर्ण आशावादी रहेको बताए ।

बिहानी सांगेतिक समुहको प्रस्तुति रहेको यो तिज गीतको सब्द,लय र गाएक हरि बहादुर महतको रहेको छ भने गायिकाहरुमा डोलमाया गुरुङ,देबी महतो र गौमती चौलागाई रहेका छन् । यस्तै सन्तोष पौडेलको रेकर्डिङ रहेको यस गीतमा एरेन्ज गर्ने काम जुजु गुरुङले गरेका छन् ।

200 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank