मलाई माइकल ज्याक्सनको बायोपिकमा काम गर्नु छ– टाइगर सराफ

सोमवार, जेष्ठ ६, २०७६

loading...


एजेन्सी । बलिवुड फेमली ड्रामा, रोमान्स, र लभ स्टोरीलाई कम गर्दै थ्रिलर, रियालिस्टिक, बायोपिक तथा कन्टेन्ट वारेन्टेड मुभीहरु बनाइरहेको छ । पछिल्लो समय डार्क थ्रिलर र बायोपिक मुभी त झन बन्न थालिरहेका छन् । यस्तैमा बलिवुड स्टार टाइगर सराफले पप स्टार माइकल ज्याक्सनको जीवनीमा अभिनय गर्ने इच्छा रहेको बताएका छन् ।

हालै रिलिज भएको फिल्म स्टुडेन्ट अफ द इयर-२ बक्स अफिसमा त्यति सफल नभए पनि बलिवुडमा एक सफल अभिनेताका रुपमा स्थापित भइसकेका सराफले  माइकल ज्याक्सनको बायोपिकमा काम गर्ने इच्छा रहेको बताएका हुन् । उनले भने, ‘ मैले जब हिरोपन्ति साइन गरे त्यति बेला नै सोचेको थिए की मैले माइकल ज्याक्सनले जस्तै डान्स गर्नु छ । त्यसैले म ऋतिक रोशनको डान्सको निकै ठुलो फ्यान हुँ । आज म जँहा छु त्यसमा माइकल ज्याक्सनको ठुलो हात छ ।’

केवल ६ बर्ष अगाडी मात्र डान्स सिक्न शुरु गरेको बताउने टाइगरले बलिवुडमा शुरुका दिनमा भन्दा अहिले खुल्दै गएको बताएका छन् । उनले आफुले एक्सन, रोमान्सका साथै रियालिस्टिक फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

टाइगर स्टुडेन्ट अफ द इयर-२ पछि यश राज चोपडाको ब्यानरमा बनिरहेको ऋतिक रोशन र वाणी कपुरसँगको नाम फाइनल नभएको फिल्म आउदै छ । त्यस्तै उनको बाँगी-३ अर्को बर्षको मार्चमा रिलिज हुने बताइएको छ, जसमा उनको अपोजिटमा श्रद्धा कपुर हुने छिन । त्यस्तै टाइगरले तामिल फिल्म रेमोको रिमेकमा समेत काम गर्ने भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank