आयुष्मान र प्रियंकाको : थोरै माया म दिउला भिडियो सार्वजनिक

आइतवार, माघ ६, २०७५

loading...


काठमाडौं । विवाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत थोरै माया म दिउला को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ ।

संचारकर्मी तथा चलचित्र सुश्री सम्पतिका डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन ।
हेर्नुहोस भिडियो:

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata