‘द भ्वाइस अफ नेपाल’को अडिसन सम्पन्न, २२ हजार प्रतिस्पर्धी सहभागी

आइतवार, चैत्र १७, २०७५

loading...


काठमाडौं  । सांगेतिक रियालीटी सो  ‘द भ्वाइस अफ नेपाल सिजन–१ ‘को सफलता सँगसँगै  सिजन -२ डिजिटल अडिसन सम्पन्न भएको छ।  २२ हजार प्रतिस्पर्धी सहभागीताले आफूहरुलाई उत्साहित  बनाएको निर्देशक लक्ष्मण पौडेलले बताए। पौडेल नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी र्सो नेपाल आइडलʾ भित्राउने व्यक्ति पनि हुन् ।

उनले भने ‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत पनि आवेदन खुला गरेका थियौं। सबै माध्यम खुला गरिएका कारण यो वर्ष सहभागीता बढेको  हो ।’

प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टिमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने उनले बताए।छानिएकाहरुले कोच सामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन्।

सुरुवातमा धेरै चुनौती रहेको बताउँदै अब कन्टेनमा फोकस हुने बताइएको दोस्रो सिजन आगामी असारबाट प्रसारणमा आउने जनाइको छ । ‘विगतमा संरचनाबाट नै शुरु भयो। स्टूडियो थिएन। चेयर पनि बन्छ कि बन्दैन भन्ने थाह थिएन। यसरी सुरु भयो,’ उनले भने ‘अब भने हामी कन्टेनमा फोकस हुन्छौं। दर्शकलाई कसरी खुशी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन्छौं।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata