एसियाकै जेठी मोडल ‘एलिस प्यान्ग’ ९६ वर्षमा झनै सक्रिय

आइतवार, अशोज ५, २०७६

loading...


एजेन्सी । पछिल्लो समय मोडलिङ क्षेत्र युवायुवतीको सर्वाधिक रोजाईमा पर्ने क्षेत्र हो । मोडलिङको अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन भनेर बुझिन्छ । मोडलिङ एक व्यक्तिविशेष क्रियाकलाप हो जसले समसामयिक विषयवस्तु साथै  विभिन्न व्यावसायिक विज्ञापनमा सहभागी भई समाजलाई लाभ प्रदान गर्ने गर्दछ ।

दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन्, त्यसै सपनासँग जोडिएको मोडलिङ क्षेत्रमाl युवा पुस्ताको आकर्षणमा दिनानुदिन बढिरहेको छ । पछिल्लो समय मोडलिङ क्षेत्रमा प्रवेश गरेर आफ्नो उच्चस्तरीय जीवनशैली साथै हाइ-प्रोफाइल व्यक्तित्वका साथ समाजमा घुलमिल भइरहेका मानिसका संख्या क्रमश: बढ्दो छ ।

प्रयाश: मोडलिङलाई आफ्नो करियार बनाउनेहरूको उमेर किशोर अवस्था अन्तिमचरण या वयस्क अवस्थाको प्रथम चरण अर्थात १८-२२ वर्षको हुने गरेको एक अध्ययनले देखाएको छ । तर यो भिड भन्दा अलग छिन्- ९६ वर्षिया मोडल एलिस प्यान्ग । मोडलिङको दुनियाँले उनलाई ‘ग्रान्डमा मोडल’को उपाधी दिएको छ ।

गत बुधबार उनलाई मोडलिङ क्षेत्रकी जेठी मोडलको उपनाम दिइएको छ । उनी एसियाकै जेठी मोडल बनेकी छिन् ।  उनीभन्दा पहिले जापानकी ८४ वर्षिय नाओन्डा कुडो र चीनकी ८४ वर्षिय वान्ग डेशनलाई सबैभन्दा जेठी मोडलको रुपमा लिइन्थ्यो ।

फेशनेबल कपडा लगाउन शौखिन एलिसले अहिलेसम्म मोडलिङको दुनियाँमा कदम राख्नेबारे नसोचेको बताउँछिन् । उनले यसको श्रेय आफ्नी नातिनीलाई दिएकी छिन् । उनकी नातिनीले ६५ वर्षकी मोडल देखेपछि उनलाई मोडलिङ गर्न अभिप्रेरित गरेकी थिइन् ।

उनले भनिन्, ‘मोडलिङ मेरो लागि कुनै चुनौतीभन्दा कम थिएन । तर मैलै जीवनमा हरेक चुनौतीको सामना गरेकी छु । त्यसैले मैले मोडलिङ गरेरै छोड्ने अठोट लिएकी थिएँ । मलाई केहि थाहा थिएन तर मलाई मेरो म्यानेजरले धेरै कुरा सिकायो । मेरो मेकअप आर्टिस्ट र हेयर ड्रेसरको मेहेनतपछि मोडलिङमा झनै रुचि बढ्दै गयो । अब त यो फिल्डमा लागेको तीन वर्ष भयो ।’

 सन् १९२३ मा ‘सिल्भर हेयर’ समेत भनिने उनी आफ्नो शरीर प्राकृतिक रुपमा नै फिट भएको दावी गर्छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata