सिद्धूको स्थान ओगटीरहेकी अर्चनाले मागिन सिद्धूकै जति पारिश्रमिक

सोमवार, चैत्र २५, २०७५

loading...


काठमाडौं । लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’को नयाँ एपिसोडमा जोन अब्राहम  मौनी रोय आफ्नो फिल्म ‘रोमियो, अकबर र वाल्टर’को प्रोमोशनका लागि पुगेका थिए ।  यो एपिसोडमा शो की कास्ट अर्चना पूरन सिंहले इशारा–इशारामा कम पारिश्रमिक पाएको पीडा व्यक्त गरिन् ।

raw-kapil-sharma-5.jpeg

raw-kapil-sharma-1

पुलवामा हमलापछि नवजोत सिंह सिद्धूको स्थान ओगट्दै अर्चना पूरन सिंह शो मा भित्रीएकी हुन्  । पुलवामा हमलापछि सिद्धूले विवादित बयान दिएका थिए । उनले भनेका थिए, ‘आतंकवादको न कुनै धर्म हुन्छ न नै कुनै देश ।’

कपिल आफ्नो  शोका पाहुना जोन र मौनी रोयलाई प्रश्न सोधिरहेका थिए । तत्क्षण  कपिल शर्माले अर्चनालाई सोधे, ‘तपाईंले सुपरपावर पाउनुभयो भने के बन्न चाहनुहुन्छ ?’ यसको जवाफमा अर्चनाले भनिन्, ‘म नवजोत सिंह सिद्धू बन्न चाहन्छु ।’

अर्चना थप्छिन्, ‘म पनि त्यहि काम गरिरहेकी छु जुन सिद्धूजी गर्नुहुन्छ तर मैले त्यति पारिश्रमिक पाउँदिनँ । नवजोत सिंह सिद्धू बनेपछि मैले बढी पारिश्रमिक त पाउँछु ।’

सिद्धू कहिले आउँछन् ?

दैनिक भास्करलको  एक रिपोर्ट अनुसार अर्चनाले कार्यक्रमका निर्मातासँग २० एपिसोडको सम्झौता गरेकी थिइन् । शो को निमार्ता  ‘सिद्धू विवाद’ शान्त होओस्  भन्ने  प्रतिक्षा गरिरहेका छन् । यद्यपि, सिद्धूको फिर्तीबारे अहिले कुनै आधिकारिक जानकारी उपलब्ध छैन ।

navjot-singh-sidhu-759

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata