तापसी पन्नुको ‘थप्पड’को फर्स्ट लुक्स सार्वजनिक

शुक्रबार, माघ १७, २०७६

loading...


एजेन्सी । तापासी पन्नु अभिनीत अनुभव सिन्हाको फिल्म ‘थप्पड’को फर्स्ट पोस्टर रिलिज भएको छ  । फिल्म २८ फेब्रुअरीमा रिलिज हुँदैछ ।

सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री पन्नु निकै रहस्यमय देखिएकी छिन् । पोस्टरले हरकोहीलाई निकै जिज्ञासु बनाइरहेको छ । फिल्मको पोस्टरमा लेखिएको ‘बस इतनी से बात ?’ ले फिल्मको विषयवस्तुतर्फ संकेत गरेको फिल्म समिक्षकहरू बताइरहेका छन् ।

अहिनेत्री पन्नुले आफ्नो सोसल मिडियामा फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै लेखेकी छिन, ” किन यो यति सानो कुरा हो ? के प्रेममा यो पनि जायज छ ?” फिल्मको ट्रेलर ३१ जनवरीमार सार्वजनिक हुँदैछ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments