बुढीले सत्यानासै पारी तीजको भिडियो सार्वजनिक

शुक्रबार, साउन ४, २०७५

loading...


काठमाडौं । गायिका लक्ष्मी सिमाली , अस्मिता श्रेष्ठ र गायक नारायण नेपाली र राजकुमार काफलेको आवाजमा नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज ” बुढीले सत्यानासै पारी”को भिडियो बजारमा आएको छ ।

हास्य प्रधान विषय बस्तुमा गीत तयार पारिएको छ । सामाजिक विकृती र नेपाली समाजको तितो यथार्यलाई राजकुमार काफले , विमल श्रेष्ठ र टिका भुजेलले लेखेका छन भने राजु क्षेत्रीको संगीत संयोजन गीतमा रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा सरापे , काजिश श्रेष्ठ, अञ्जली अधिकारी र आयुष्माको बेजोड अभिनय तथा नृत्य देख्न सकिन्छ । रेशम दलार्मीले छायांकन गरेको उक्त भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो:

290 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank