वास्तविक प्रेमकथामा आधारित चलचित्र ‘टिनएज’ साउन २५ गते प्रदर्शनमा आउने

बुधबार, साउन २, २०७५

loading...


काठमाडौँ । चलचित्र ‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर प्रदर्शन मितिबारे जानकारी दिइएको हो ।पत्रकार सम्मेलनमा चलचित्र ‘टिनएज’का कलाकारहरुले आ–आफ्नो भूमिकाबारे स्पष्ट पारेका थिए ।

निर्देशक दिनेश पाख्रिनले चलचित्र ‘टिनएज’ टिनएजहरुको वास्तविक प्रेम कथा भएको बताए । टिनएजरहरूलाई संस्कार सिकाउने चलचित्र बनेको उनको दावी छ ।

पाख्रिनले आफ्नो चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले पर्फेक्ट काम गरेको बताए । चलचित्रबाट भरपुर मनोरञ्जन पाइने उनले बताए ।

कार्यक्रममा नरेश बिर सिं , प्रतिक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का, माया मगर लगायतका कलाकार उपस्थित थिए । संगीतकार बिकाश चौधरी, बितरक सरोज शर्माले पनि आ–आफ्नो धारणा राखेका थिए । चलचित्रलार्इ बिरु मगर, चिनि माया वाइवा, देबिका खड्का, बुद्धिमान स्याङतान निर्मलले निर्माण गरेका हुन् ।

356 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank