‘सेक्सुयल ह्यारेस’को आरोप खेपिरहेका नाना पाटेकरलाई ‘क्लिन चिट’

शनिबार, जेष्ठ ३२, २०७६

loading...


एजेन्सी । बलिवुडनायिका तनुश्री दत्तले गत वर्ष ‘मि टू’ प्रकरणमा मुख खोलिन । जसले भारतमा तहल्का मच्चायो । चर्चा परिचर्चाको केन्द्र बन्न पुग्यो । अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको विषयमा मुख खोले ।

तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ ।

नानालाई ‘क्लिन चिट’ दिएपछि तनुश्रीले लेखेकी छिन्–‘नाना पाटेकरले पहिले पनि बलिउडका अन्य थुप्रै महिलामाथि यौन हिंसा गरेका छन् । हाम्रो मुद्दाका प्रत्यक्षदर्शी यो बिषयमा मौन बसे र झुटो प्रत्यक्षदर्शीलाई अगाडि ल्याइयो । कतिपय प्रत्यक्षदर्शीको भनाइलाई यो मुद्दामा समावेश समेत गरिएन ।’

तनुश्रीले अगाडि भनेकी छिन्–‘यो कुराले मलाई आश्चर्यचकित बनाएन । भारतकी महिला भएको नाताले यस्तो कुरामा अचम्म मान्नुपर्ने अवस्था छैन । यदि, बलात्कारको मुद्दामै आलोकनाथले क्लिन चिट पाउन सक्छन् भने यौन हिंसाको मुद्दामा नाना पाटेकरले क्लिन चिट पाउनु ठूलो कुरा नै होइन । तर, यो कुराले यूवतीहरुलाई कसैको सहयोग छैन भन्ने पुष्टी गर्दछ ।’

तनुश्रीले नाना पातेकरलाई आरोप लगाउँदै बताएकी थिइन्, ” उहाँले फिल्म  ‘हॉर्न ओके प्लीज’ को शुटिंगको सेटमा एक गीत शुट गर्दै गर्दा ममाथि सेक्सुयल ह्यारेस गर्नुभएको थियो ।” उनले आफ्नो जीवनमा अब यस्ता खालका बिषयमा फेरि पनि आवाज उठाउन नपरोस् भनेर कामना गरेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata