‘अञ्जु् पन्तले एउटा कोठामा लगेर भनेको त्यो शब्दले मलाई दुःख लाग्यो’

सोमवार, असार १८, २०७५

loading...


लेखक तथा गायक सुरेश घिमिरेले ५०/६० वटा मनपर्ने गीत मध्ये अञ्जु पन्त, स्वरुप आचार्य, दिपक लिम्बु, रामकृष्ण ढकाललगायतले गायका गाना राम्रो लाग्ने बताएका छन् । ‘शब्द, संगित, गायिकीका हिसावले ती गीत उत्कृष्ट छन् । हालसालै सागर अधिकारी भाइले ‘ढुकढुकी’ को डमी मात्रै सुनाउनुभएको छ । त्यो गाना साच्चै मैले लेखेछु । र साच्चै सागरले संगित भरेछ भन्ने लागेको छ ।’ गुड टिभीका लागि भिजे गंगा लामासँगको अन्तर्वार्तामा उनले गीत लेखेर गितकार बाच्ने अवस्था नभएको तर गायक/गायिका भने बाच्ने अवस्था भएको बताए ।

उनले अन्जु पन्तबारे खुलेर भनेका छन् ‘मलाई अञ्जुसँग कुनै रिस होइन, कुनै राग होयन । मलाई उसको आवाजको माया लाग्छ । उसको आवाजलाई सम्मान पनि गर्छु । त्यही सम्मान गरेरै हो, आजभन्दा ९ वर्ष अगाडि उसलाई मैले मेरो गीत दिएको थिएँ–टाढाटाढा जाँदैछु । उनले गाइन पनि । तर, उनलाई उनी भन्नु नहुने, हजुर र तपाई भन्नुपर्ने । त्यसले मलाई अलि गाह्रो बनायो । मलाई मात्र होइन, गीतसंगितमा लाग्ने वरिष्ठतम व्यक्तिहरु सवैले सुनेका छन् । बजारमा भइरल भएको छ ।’

उनले थपे ‘एउटा कोटामा लगेर उहाँले अनुनय विनय गर्नुभयो–मलाई सवैको अगाडि तिमी नभनिदिनुहोस न प्लिज । त्यो शब्द सुनेपछि मलाई अलिकति दुःख लाग्यो । अञ्जुलाई तपाई, हजुर, बक्सियोस् भन्ने शब्द किन प्रिय भएछ ? उमेरका अञ्जुृ मेरो छोरी हो, अञ्जु मेरो बहिनी हो । गायनका हिसावले उहाँ वरिष्ठ कसरी हुन सक्नुहुन्छ ?’

अन्तर्वार्ता हेर्नुहोस्

412 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank