नायिका सुभेच्छा थापा र पल्पसा डंगोल अभिनित धमाकेदार तीज गीत आउँदै

शुक्रबार, साउन ६, २०७४

loading...


नायिका सुभेच्छा थापा सिनेमा छेत्रमा व्यस्त र चर्चित नायिका हुन् । यसका वावजुद पनि उनी तीज गीतमा नृत्य गर्न तम्सिएकी छिन् । सबैखाले अभिनय गर्नुपर्छ भन्ने मान्यता राख्ने थापाले यसपटकको तीजमा युवा निर्देशक प्रकाश राज कार्कीको निर्देशन बनेको म्युजिक भिडियोमा नृत्य गरेकी छिन् ।

सुभेच्छा र पल्पसाको दमदार नृत्य भएको ‘नाचुँ छम छम छम’ बोलको गीतको भर्खरै सुटिंग संम्पन भएको छ । गायिका अश्मिता धमला हमालको रचना रशब्द स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियोमा अश्मितालार्इ गायक ननिस भट्टराई ले सघाएका छन ।

उक्त म्युजिक भिडियोको नृत्य निर्देशन भने शुक्र लामा गरेका छन । गीतमा सुभेच्छा थापाको साथमा चर्चित कलाकारहरु रश्मि भट्ट, पल्पसा डंगोल (चम्सुरी )लगायतले अभिनय गरेका छन् । केही समयमा युट्युव मार्फत सार्वजनिक गर्न लागिएको उक्त गीतको भिडियो दमदार बनेको निर्देशक कार्कीले बताएका छन् ।

635 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank