‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक

आइतवार, बैशाख १, २०७६

loading...


काठमाडौं । बलिवुडको प्रतिक्षित चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ । डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि ट्रेलरमा देखाइएको छ ।

पुनित मल्होत्राको निर्देशनमा बनेको यो चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । चलचित्रमा करण जोहरसँगै यश जोहर र अपूर्व मेहताको पनि लगानी रहेको छ । सफल चलचित्र ‘स्टुडेन्ट अफ द इयर’को दोस्रो भागलाई लिएर धेरै दर्शकहरु आशावादी छन् । तर, यो चलचित्रमा पुरानो चलचित्रका कलाकारहरु देहोरिएका छैनन् ।

चलचित्रले मार्चको १० तारिखलाई आफ्नो रिलिज मिति पक्का गरेको छ । १ दिनअघि सार्वजनिक गरिएको ट्रेलरले युट्युबमा २७ मिलियन भ्यु कटाईसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank