‘स्टुडेन्ट अफ द ईयर २’ को पहिलो गित ‘जवानी’ सार्वजनिक

शुक्रबार, बैशाख ६, २०७६

loading...


काठमाडौं । करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द ईयर २’ को पहिलो गित ‘जवानी’ सार्वजनिक गरिएको छ ।

किशोर कुमार र आरडी बर्मनको गितलाई रिक्रिएट गरिएको हो । १९७२ मा प्रदशर्नमा आएको फिल्म जवानी दिवानीमा रणधीर कपूर र जया बच्चनलाई यस गितमा नाचिरहेको देख्न सकिन्थ्यो ।

र, अब आनन्द वाकशीले लेखेका सो गीतको रिक्रिएट भर्सनमा टाइगर श्रॉफ, तारा सुतारिया र अनन्या पांडेलाई देख्न सकिनेछ । यी तीनै कलाकारको बीच बलियो बन्डीङ्ग देखिएको छ । हिजो युट्युबमा राखिएको यस भिडियोले हालसम्म १३ मिलियन भ्युज कटाईसकेको छ ।

फिल्म १० मे २०१९ मा रिलिज हुँदैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata