विकृतिको नांगो नाचले राम्रा कलाकार ओझेलमा परेः गायिका सिर्जना

बिहिबार, माघ ४, २०७४

loading...


काठमाडौँ, सुमधुर स्वरकी धनी गायिका सिर्जना गुरुङ गीत रेकर्डिङ र भिडियोको प्लानिङमा व्यस्त छिन् । बेसिक संगित क्लास लिएर गायनमा अगाडि बढेकी उनले स्वर निखारिदै गएको छ । कलाक्षेत्रमा प्रवेशबारे नेपालपाटी डटकमको प्रश्नमा उनले भनिन् ‘सानैमा डान्स सिकेँ तर त्यतिबेला संगितमा ध्यान गएन । पछि संगितमा रुची भयो । सुरुमा बेसिक संगितको क्लास लिएर अगाडि बढेँ । गीत गाउँदै आएँ ।’

उनले आफ्नो गीतमा आफैँ अभिनय पनि गर्दै आएकी छिन् । ‘मेरो एल्वम’को ‘खुशी छ यो मन’ मा उनले अभिनय गरेकी छिन् । अन्य गीतहरुको भिडियो बनाउने तयारीमा उनी छिन् । उक्त एल्वममा सात वटा फरक गीत समावेश छन् । सोही एल्वमको गीत राजकुमार केही दिन अघि मात्रै युटुर्वमार्फत सार्वजनिक भएको छ ।

उनलाई गायिका भन्दा पनि धेरैले मोडल भन्छन् । उनको शरीर र लुक्स कुनै मोडलको भन्दा कम छैन । तर, उनी मोडलिङमा खासै रुची नभएको बताउँछिन् । उनलाई म्युजिक भिडियोमा मात्र होइन, फिल्ममा पनि अभिनयको थुप्रै अफर आएका छन् ।

भविश्यमा सफल गायिका बन्ने उनको लक्ष्य छ । उनी भन्छिन् ‘सम्पूर्ण स्रोता, दर्शकमाझ मेरो आवाज पुगोस, सवैले मेरो गीत गुनगुनाउन भन्ने लाग्छ । व्यक्तिगत रुपमा मलाई नजिने पनि मेरो आवाज सवैले चिनुन भन्ने लाग्छ । सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन हरप्रयास जारी राख्नेछु ।’ उनको मिहेनत साँच्चै लोभलाग्दो नै छ । विकृतिको नांगो नाचले गरेर राम्रा–राम्रा कलाकारहरु ओझेलमा परेको उनको बुझाइ छ ।

दर्शक, स्रोताको माया आफुले पाइरहेको उनको भनाइ छ । उनी भन्छिन् ‘दर्शकस्रोताको मायाले नै हामी कलाकार चलेका हुन्छौँ । दर्शक, स्रोताको मनमा सधैँभरी बस्न पाऊँ भन्ने नै कलाकारलाई लाग्छ । म पनि दर्शक, स्रोताको मनमा बस्न रुचाउँछु ।’  उनलाई नेपाली खाना नै मनपर्छ । लुगा भने शरीरलाई सुट हुने भए हुन्छ । उनलाई आफ्नो आँखा सवैभन्दा बढी मनपर्छ ।

गायिका सिर्जना गुरुङको भिडियो हेर्नुस

 

गायिका सिर्जना गुरुङलाई तस्विरमा हेरौँ 

sirjana 2 sirjana

 

428 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank