शोएब :सानियालाई पुत्र लाभ

मङ्लबार, कार्तिक १३, २०७५

loading...


भारतीय टेनिस स्टार सानिया मिर्जालाई आज बिहान पुत्र लाभ भएको छ । पाकिस्तानी क्रीकेट खेलाडी शोएब मलिकसँग विवाह गरेकी सानियालाई बधाई दिनेहरुको ओइरो लागेको सामाजिक सञ्जालमा जनाइएको छ ।

शोएब र सानियाले आफ्ना समर्थक , शुभ चिन्तक र फ्यानसँग आफ्नो खुशी टवीट मार्फत साटेका छन । उनीहरुले भनेका छन । आमा र बच्चाको स्वास्थ्य राम्रो छ । उनीहरुले आफ्नो बच्चाको सरनेम मिर्जा मलिकु राख्ने जनाएका छन ।

शोएब -सानियालाई भारतीय फिल्म उद्धोग र उनीहरुको समर्थकले दिल खोलेर बधाई दिएका छन । ट्विटरमा फ्यानहरु गजब गजब तरिकाले सानिया शोएबलाई बधाई दिइरहेका छन ।

एक टवीटर फ्यानले लेखेका छन । मामा बनेको उपलक्ष्यमा म आफैलाई बधाई दिन्छु र तपाई दुबैलाई पनि बधाई दिन चाहान्छु । सानिया मिर्जा आमा बनेको खबर उनको बहिनीले सोशल मिडिया मार्फत बाहिर ल्याएकी थिइन । सानियाको सबै भन्दा नजिकको साथी फराह खानले एक तस्बिर पोस्ट गर्दै उनलाई धेरै धेरै बधाई दिएकी छिन ।

105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank