शिव लामिछानेको ’जय नेपाल’ गीत सार्वजनिक

मङ्लबार, फाल्गुन ८, २०७४

loading...


काठमाडौं। गायक शिव लामिछानेको गीत ’जय नेपाल’ सार्वजनिक भएको छ । चाहे माया गर,किन दुख्छ मुटु मेरो लगायतका गीत मार्फत चर्चामा आएका गायक लामिछानेलाई शिवाजको नामले सांगीतिक दुनियामा चिन्ने गरिन्छ ।

उनले यस गीतलाई आफु अध्यक्ष रहेको कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवको अवसरि पारेर सार्वजनिक गरेका छन्।  युट्युब मार्फत सार्वजनिक यस गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत रहेको छ । गीतमा हिमाली क्षेत्रको मनोरम दृश्यलाई देख्न र्कैद गरेका छन् । शिव आफै फिचरीङ छन् । गीतमा विभिन्न भाषा भाषी का साथै उनीहरुको संस्कृतिलाई देखाइएको छ । ’गीत मार्फत नेपालको सुन्दरता देखाउने प्रयास गरिएको छ’ शिव भन्छन ’गीत मार्फत हामीले हिमाललाई संस्कृतिसंग जोड्ने प्रयास गरेका छौ ।’

गीतलाई नरेन लिम्बु र विनय कंसाकारले संयुक्त रुपमा छायाँकन गरेका हुन् । गीतमा बिनयकै सम्पादन र नरेनको निर्देशन रहेको छ । गीतका बारेमा लामिछाने भन्छन् “यो अरु भन्दा फरक गीत हो , किनकी मैले यस किसिमको गीतमा आफुलाई प्रस्तुत गरेको छैन ।”

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank