गायक हिमसागरको ‘गयौ दिलमा आगो झोसेर’ बोलको गीत (भिडियो सहित)

शुक्रबार, माघ २६, २०७४

loading...


विराटनगर । भैरबकालिका म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रकाश रानाको दोश्रो प्रस्तुति “गयौ दिलमा आगो झोसेर ” बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक भएको छ ।

गायक हिमसागर बस्नेत र गायिका पुुर्णकला विसीको आवाजमा रहेको गीतमा माया प्रेमका कसिला चोटका भावहरुलाई गीत मार्फत ब्यक्त गरिएको छ । हिरामणि भण्डारीको शब्द र संगीत रहेको उक्त गीतलाई भैरबकालिका म्युजिक प्रालिले सार्वजनिक गरेको हो ।

म्युजिक भिडियोमा लोकेन्द्र शाही र रुपा कडेलको अभिनय रहेको छ । निर्देशक काजिश श्रेष्ठले गीतको भिडियोको निर्देशन गरेका हुन् । भिडियोलाई सुजन शाहीले सम्पादन र अजय रेग्मीले छायांकन गरेका छन ।

162 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank