सोनचिडियाको ट्रेलर रिलिज

सोमवार, पुस २३, २०७५

loading...


मुम्बई । सोनचिडियाको ट्रेलर जनवरी ७ मा रिलिज गरिएको छ ।  मनोज वाजपेयी, सुशान्तसिंह राजपुत र भूमि पेडनेकरको दमदार भूमिका रहेको उक्त फिल्ममा चम्बलको डाकुहरुको बारेमा देखाइएको छ ।

फिल्ममा डाकुहरुको भुमिकामा रहेका मनोज र सुशान्तको दमदार प्रस्तुती  ट्रेलरमा देख्न सकिन्छ । अभिषेक चौबे निर्देशित सोनचिडिया डाकु मानसिंहको कहानीमा आधारित रहेको जनाएको छ ।

मध्य प्रदेशको विहडमा सुटिङ गरिएको उक्त चलचित्रमा विशाल भारद्वाजको संगित रहेको छ ।
हेर्नुहोस फिल्मको ट्रेलर 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata