यस्तो छ अभिनेत्री सोनमको बिवाहको कार्ड

बुधबार, बैशाख १९, २०७५

loading...


एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूरको बिवाहको आधिकारीक घोषणा भइसकेको छ । ८ मे मा हुन लागेको सोनमको बिवाहको तयारीको जिम्मेवारी उनका बुवा आमा र भाई बहिनीमा छ । सोनमाको बिवाहमा पाहुनाहरुलाई साधारण तर इकोफ्रेंडली कार्ड पठाउँदै निमन्त्रणा गरिएको फोटो बाहिर आएको छ । यो कार्ड प्राकृतिक हरियो कलरको छ ।

बिवाहलाई तीन भागमा बाँडिएको छ । पहिलो दिन ७ मे को साँझ ४ बजे सोनम कपूर र आनन्दको मेंहदी कार्यक्रम हुनेछ । यो फङ्सनको लागि ड्रेस कोड पनि तयार गरिएको छ । जुन इंडियन फेस्ट‍िव ह्वाईट शेड मा राखिएको छ । मेंहदीको कार्यक्रम भेन्यू सनटेक, सिग्नेचर आइसलैंड बिकेएसमा राखिएको छ ।

दोश्रो दिन मे ८ को विहान ११ बजे दखि राति १२ बजे सम्म प्रोग्राम राखिने छ । बिवाहको भेन्यू रकल्याण्ड, २२६ बैंडस्टैंड, बांद्रामा छ । बिवाहमा आउने पाहुनाले इंडियन ट्रेडिशनल ड्रेस कोडमा आउनु पर्नेछ ।

तेश्रो दिन ९ मे मा ग्राण्ड रिसेप्शनको तयारी गरिएको छ । राति ८ बजेबाट यो प्रोग्राम सुरु हुनेछ । यो इभेन्टको लागि भेन्यू द लीला, मुंबईरोजिएको छ । रिसेप्शन पार्टीमा आउने पाहुनाका लागि ड्रेस कोड इंड‍ियन र वेस्टर्न फर्मल राखिएको छ । बिवाहको तयारीलाई लिएर कपुर परिवार धेरै एक्साइटेड छन् ।

327 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank