अष्ट्रेलिया निवासी हट नायिका पोखरेलले पत्रकारको कठालो समातेपछी ..

शुक्रबार, पुस ८, २०७३

loading...


काठमाडौं । अष्ट्रेलिया निवासी स्मृति पोखरेल मूलतः गायिका हुन् । केही समयअघि हट फोटो सुट गराएपछि एकाएक हट मोडलको रुपमा समेत परिचित भएकी उनी अब छिट्टै नायिकाका रुपमा समेत देखा पर्दैछिन् ।

उनी अभिनित नेपाली फिल्म चक्कर छिट्टै रिलिज हुने तयारीमा छ ।
दोस्रो एल्वम पपस्टारको रिलिजपछि स्मृतिको सांगीतिक करियर अझ उचाइमा पुगेको छ । उनका म्यूजिक भिडियोहरु अहिले युट्युवका दर्शकहरुले निकै रुचाइरहेका छन् भने उनले एकपछि अर्को गर्दै नयाँ नयाँ म्यूजिक भिडियोहरु सार्वजनिक गराइरहेकी छिन् ।
smriti1
अष्ट्रेलियामा हुने विभिन्न कन्सर्टहरुमा उनको डिमाण्ड बढ्दैछ । यति मात्र नभएर कन्र्सकै लागि उनी जापान र केही खाँडी देशहरुमा समेत पुगिसकेकी छिन् ।

यतिखेर सांगीतिक कार्यक्रम र रेकर्डिङकै लागि नेपालमा रहेकी यी बोल्ड एण्ड व्यूटिफूल गायिक,मोडल तथा नवनायिका स्मृति पोखरेल एउटा अन्तवार्ताका कारण चर्चामा आउँदैछिन् । निकै फरासिलो तरिकाले अन्तवार्ता दिएकी उनले अन्तवार्ताकै क्रममा सञ्चारकर्मी केकेको कठालो समात्छिन् र भन्छिन्–साला हरामी छोड् भनेपछि छोड् । र,अन्तमा उनले थुक्छिन् पनि ।

Smriti-Pokhrel-1

तर उनले कुनै रिसमा आएर सञ्चारकर्मीमाथि यसरी आक्रमण गरेकी होइनन् । उनी अभिनित फिल्म चक्करको एउटा संवाद प्रस्तुत गर्ने क्रममा यस्तो हर्कत देखाएकी हुन् ।

फिल्म चक्करमा आफूले साह्रै जंगी र हरामी केटीको भूमिका निभाएको खुलासा समेत उनले अन्तवार्तामा गरेकी छिन् ।

965 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv