गायिका सहिमाको उम्लियो उम्लियो मेरो जवानी (भिडियो सहित)

शुक्रबार, जेष्ठ १७, २०७६

loading...


काठमाडौं ।  चर्चित गायिका सहिमा श्रेष्ठको स्वरमा फरक शैलीको गितको म्युजिक भिडियो उम्लियो उम्लियो सार्वजनिक भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ चर्चित गीतहरु पस्केर आफुलाई स्थापित गायिकाको रुपमा उभ्याउन सफल तथा मेला महोत्सब देखि कार्यक्रमहरुमा स्टेज क्विनको उपाधि पाएकी गायिका सहिमा नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल कलाकारको रुपमा परिचित रहेकी छिन् ।

नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी गायिकाको रुपमा चिनिन्छन ।
गीतकार किरण केसी “क्रोधी” को शब्द तथा संगीतकार आलोक श्री को संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार नबराज उप्रेतीले छायांकन गरेका छन् भने सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मालाइ फिचरीङ गरिएको छ । भिडियोलाइ गायिकाले आफ्नै युट्युब च्यानल सहिमा श्रेष्ठबाट बजारमा लिएर आएकी हुन् ।

भिडियो हेर्नुहोस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank