गायक सिताराम पोखरेलको ‘स्वार्थ तिम्रो’ गीतको भिडियो सार्बजनिक

मङ्लबार, बैशाख ११, २०७५

loading...


काठमाडौँ । गायक सिताराम पोखरेल नेपालि सांगीतिक आकासमा नौलो नाम होइन । सयौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरि सकेका चर्चित गायक सिताराम पोखरेलले आफ्नो १७ औ म्युजिक भिडियो एक पत्रकार सम्मेलन गरेर सार्बजानिक गरेका छन् ।

रमेश अधिकारीको शब्द तथा कर्ण राज कार्कीको संगीत रहेको यस गीतमा गायक सिताराम पोखरेलको आवाज रहेको छ । चर्चित मोडल तथा नायिका अनु शाह, गायक सिताराम पोखरेल, नायक सुबास पराजुली, अर्जुन गौतम तथा बाल कलाकार प्रांस तिवारीको अभिनय रहेको यस म्युजिक भिडियोलाइ निर्देशक जनकदिप पराजुलीले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायांकन गरेका हुन ।

‘आखाको नानि हौ तिमि’ भन्ने गीतबाट चर्चामा आएका सफल गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा छन् । उनले एक सय पचास भन्दा बढि सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन । गायन संगसंगै सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका पोखरेल दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट समेत सम्मानित भएका छन ।

282 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank