जीवनमा राम्रो बाटो देखाउँने माध्यम नै प्रेम होः गायिका शान्ति

मङ्लबार, चैत्र ६, २०७४

loading...


सानैदेखि गाउँन/नाच्न रुची राख्ने शान्ति सुनारलाई कलाकारिता क्षेत्रमा जम्न सक्छु जस्तो लागेको थिएन । लमजुङको चितीमा २७ वर्षअघि जन्मिएकी शान्ति स्थापित लोकदोहोरी गायिका हुन् । गायिका सुनारसंग नेपालपाटीले गरेको कुराकानी ।

Shanti Sunar interviewकलाकारिता क्षेत्रामा कहिलेदेखि लाग्नुभयो ?
स्कुल पढ्दा देखिनै गाउँने/नाच्ने गर्थे । सानैदेखि रुची थियो प्रोफेशनल रुपमा चाहिँ २०६७ सालदेखि लागेँ । सुरुमै ‘मनमा अरु छैन’ एल्वम निकालेँ । जसमा कुलेन्द्र विश्वकर्माले मलाई साथ दिनुभएको छ । पहिलो एल्बमलाई धेरैले मन पराएपछि अगाडि बढ्न थप सजिलो भयो ।

कलाकारिता क्षेत्रमा लागेर सबैभन्दा दुःख पाएको क्षण सम्झिनु पर्दा ?
गाउँबाट आउँदा सुरुमा दोहोरीसाँझमा सम्लग्न थिएँ । त्यहाँ पुराना अग्रज दाजुदिदीहरू हुनुहुन्थ्यो । म नयाँ थिएँ । केही कुरा नजान्दा हेप्ने, नजानेकोलाई किन राखेको भनेर कुरा काँट्थेँ । त्यो बेलामा सारै दुःख लाग्थ्यो । त्यति बेला काठमाडौंमा बस्न गाह्रो थियो । सहयोग पनि कसैको नमिल्दा दुःख लाग्थ्यो ।

गायन क्षेत्रमा लाग्न पारिवारको सहयोग कत्तिको पाउँनुभयो ?
पहिला त ममीले छोरी मान्छे घर छाडेर हिड्नु हुँदैन भन्नुहुन्थ्यो । मैले सम्झाएपछि ममीले सहयोग गर्नुभयो । घरपरिवारको सहयोगले गर्दा नै आज यो स्थानमा छु । स्कूल पढ्दादेखि नै सांगितिक कार्यक्रमहरूमा हिँडियो । गाउनकै लागि संघर्ष गर्नुपरेन ।

कला क्षेत्रमा लाग्न कोबाट प्रेरित हुनुभयो ?
म स्कुल पढ्दै गर्दा जिल्लाका विमाकुमारी दुरा, राजु परियार सांस्कृतिक कार्यक्रममा आउँनु भएको थियो । म पनि नाच्ने÷गाउँने भएकाले उहाँहरूको गीत र लाइफ स्टाइलले मलाई प्रभावित गर्यो । म पनि गायिका हुन् पाए यस्तै हुन्थेँ भन्ने लाग्यो । त्यस्तै गाउँसहर एल्बम निकाल्नु भएका दिदीहरु मायाँ गुरुङ र उमा गुरुङबाट पनि प्रभावित भएँ । जिल्लाकै टीकाराम घले दाईले लोकदोहोरी गीतको एल्बम निकाल्नु भएको थियो । उहाँले नै मलाई तिमी गाउँन सक्छौ, तिमी अगाडि बढ भनेर प्रेरणा दिनुभयो । उहाँको एल्बममा पनि मैले स्वर दिने मौका पाए । उहाँको त्यो सहयोग र प्रेरणाले आज म गायिका शान्ति सुनार भनेर चिनिने मौका पाएको छु ।

Singer Shanti sunuwarस्वर परिक्षण गरेरै आउनुभयो ?
गाउँबाट आउने वित्तिकै रेडियो नेपालमा स्वर परिक्षण गरेको थिएँ । त्यसमा पास भएँ । पछि भोकल सिकेँ । त्यहाँबाट मेरो सांगितिक यात्रा अगाडि बढ्यो ।

तपाईले गाएका मध्ये कुन गीतले बढी चर्चा पायो ?
गीत त सबै राम्रै थिए । तर पनि मैले गाएको गीत मध्ये झुम्के बुलाकी थियो । जुन गीत मैले पशुपति शर्मा दाईसंग गाएको थिएँ । त्यही गीतले मलाई गायिका भनेर चिनायो ।

कार्यक्रमको शिलशिलामा विदेश कति जानुभएको छ ?
म वर्षमा एक दुई पटक विदेश भ्रमणमा जाने गरेकी छु । मलेसिया, हङकङ, बहराई लगायतका देशमा गएको छु ।

गीत संगितमा माया र प्रेमका कुरा धेरै हुन्छन्, खासमा प्रेम के हो भन्ने लाग्छ ?
प्रेम भनेको जोसंग जहाँ पनि हुन्छ । योसंग यसरी प्रेम गर्छु भनेर प्रेम हुने चीज हैन । जीवनमा राम्रो बाटो देखाउँने माध्यम हो नै प्रेम । गलत बाटोमा हिँडेको छ भने, सही बाटोमा ल्याउने काम प्रेमले नै गर्छ । नराम्रो काममा लागेको मान्छेलाई राम्रो बन्न प्रेरित गर्छ ।

प्रेम विबाह गर्नुभयो कि मागी ?
प्रेम भन्ने की मागी भन्ने चिनेको थिएँ, माया नै चाहिँ बसेको थिएन । विबाहपछि नै प्रेम भयो ।

सबैभन्दा मन पर्ने गायक, गायिका, नायक, नायिका को को हुन् ?
सवैभन्दा मनपर्ने गायक राजु परियार, पुरुषोत्तम न्यौपाने, गायिका वीमाकुमारी दुरा, नायम राजेश हमाल, नायिका निरुता सिंह हुनुहुन्छ ।

कलाक्षेत्रमा विकृति फैलियो भन्छन्, खासमा तपाईलाई के लाग्छ ?
यो विषयमा कलाकारहरुले भन्दा पनि गीत सुन्ने अनि बजारमा हल्ला फैलाउनेले सोच्नुपर्छ । यदि कुनै गीत वा कुनै अभिनयले बिकृति फैलाएको छ भने त्यलाई प्रोत्साहन तपाईहरुले नै गर्नु हुन्छ । पहिला हेर्नु/सुन्नु हुन्छ अनि फलानो गायक, गायिकाले बिकृति फैलाए भन्नुहुन्छ । त्यस्ता कलालाई प्रोत्साहन नगर्नुस् विकृति आफैं हटेर जान्छ ।

 

916 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank