गायक प्रमोद खरेलको ‘फिर्ता गर मुटु मेरो’ सार्वजनिक

मङ्लबार, माघ २३, २०७४

loading...


काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको पछिल्लो गीत ‘फिर्ता मुटु मेरो’ सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको गीत ‘फिर्ता गर मुटु मेरो’ लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले चलचित्र निर्देशनसमेत गरेकी छन् ।

यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank