लभ संसार अडाउने कडी होः गायिका निरु कार्की

बिहिबार, बैशाख २७, २०७५

loading...


आधा दशकदेखि नेपाली गीतसंगितको क्षेत्रमा क्रियाशील गायिका निरु कार्कीसँग नेपालपाटी डटकमले गरेको कुराकानीः

कलाकारिता क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
singer niru karki लभ संसार अडाउने कडी होः गायिका निरु कार्कीकलाकारिता छेत्रमा सानैदेखि इच्छा थियो । यो क्षेत्रमा लागेको ५–६ वर्ष भयो ।

कसको प्रेरणाले यो क्षेत्रमा लाग्नुभयो ?
प्रेरणा भन्नाले प्रत्यक्ष रुपमा नभई अप्रत्यक्ष रुपमा अग्रजहरुको कारणले नै हो ।

कलाकारितामा अहिलेसम्म कति काम गर्नुभयो ?
अहिलेसम्म ९–१० वटा एल्वम गरेर अनुभव बटुलेको छु ।

कलाकारितामा अहिलेसम्म कति काम गर्नुभयो ?
मैले फास्ट म्युजिक भएका गीत बजारमा ल्याएपनि सेन्टी गीतहरू धेरै मनपर्छ । पुराना भावका गीतहरू रुचाउँछु ।

तपाईलाई सवैभन्दा मनपर्ने गायिका र नायिका तथा नायक र गायक को को हुन् ?
मलाई सवैभन्दा धेरै मन पर्ने गायिका अरुणा लामा हो । उहाँका गीत सुनेर म भावुक हुन्छु । नायिकामा विपना थापा, नायकमा आर्यन सिग्देल र गायकमा लोकदोहोरीमा कुलेन्द्र विश्वकर्मा र आधुनिकमा प्रमोद खरेल मनपर्छ ।

कलाकारिता क्षेत्रमा मायाप्रेमका कुरा धेरै हुन्छन किन ?
अवश्य पनि मायाप्रेमले नै संसार चलेको हुन्छ । त्यसैले उहाँ पनि मायाप्रेमका विषयले स्थान पाएका हुन् ।

तपाईको विचारमा लभ के हो ?
लभ संसार अडाउने कडी हो । जसमा सवै कुरा जायज हुन्छ । माया भनेको मानसिक र संवेगात्मक भावना हो । यसलाई महसुस मात्र गर्न सकिन्छ । यो अन्तरहृदयमा रहन्छ ।

भविश्यको योजना के छ ?
niru karki 1दर्शक स्रोताको मायामै हाम्रो क्षेत्र अडेको हुन्छ । सवैलाई मनपर्ने गीतसंगित निकाल्ने हो । सफल कलाकारको रुपमा आफुलाई स्थापित गर्ने योजना छ ।

अव नयाँ कुनै गीत ल्याउने सोच बनाउनुभएको छ ?
मेरा पुराना गीतहरू धेरैले मन पराइदिनुभएको छ । त्यसका लागि दर्शक स्रोतालाई धन्यवाद भन्न चाहन्छु । दर्शक स्रोताको मायाले नै नयाँ नयाँ गीत ल्याउने मौका पाएको छु । ‘नभै नहुनी’ को अडियो रेकर्ड भइसकेको छ । छिट्टै्र बजारमा आउने छ ।

अन्त्यमा भन्नुपर्ने केही छ ?

सबै नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबाहरूलाई नेपाली गीतसंगित सुनिदिनहोस भन्न चाहन्छु । नेपालीपन बचाउनुपर्छ, नेपाली संस्कृति, रितिरिवाज हाम्रो पहिचान हो । त्यसको हामी सवै मिलेर जगेर्ना गर्नुपर्छ ।

गायिका कार्कीको गीत हेर्नुहोस्

525 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank