गायक कृष्ण काफ्लेले गरे रोयल्टी शुरुवात

बिहिबार, माघ १३, २०७३

loading...


काठमाडौ । गायक कृष्ण काफ्लेले गीतकार एवं संगीतकालाई रोयल्टी दिने कार्यको शुरुवात गरेका छन् ।
विभिन्न स्टेज कार्यक्रमहरुमा गायकले गाएर पारीश्रमिक लिने तर गीतकार र संगीतकारहरु उपलब्धिविहिन हुने कुराको चर्चा चलिरहेको अवस्थामा एककदम माथि उठेर काफ्लेले भने रोयल्टीको प्रथा शुरु गरेका छन् ।

पछिल्लो चरण चलचित्र छक्का पञ्जाको ‘देखन चम्पा सुनन् चम्पा’ निकै चर्चामा छ । गायक कृष्ण काफ्ले पनि यसै गीतका कारण निकै चर्चामा छन् ।
आफ्नो गीत चर्चित भएको र चर्चित भएसंगै विभिन्न स्टेज कार्यक्रममा आफूलाई मान सम्मान दिन बोलाउनेको जमात बढ्दै गइरहेकोमा गीत÷संगीत चर्चित हुनुमा गीतकार र संगीतकारको प्रमुख भूमिका हुने भएकोले रोयल्टी प्रथाको आफूले शुरुवात गरेको काफ्लेले बताए ।
काफ्लेका अनुसार आगामी दिनमा पनि आफूले गाउने गीतको श्रष्टालाई रोयल्टी नियमित गर्ने उनले बताए ।
यसै साता मात्र काफ्लेले दाङमा आयोजित स्टेज कार्यक्रम गरेर फर्किएका थिए । गायक काफ्लेले आफूले पाएको पारीश्रमिकबाट गीतकार र संगीतकारलाई १५/१५ प्रतिशत दिन थालेका हुन् ।

563 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank