यसपालिको तिजमा एलिनाले कसलाई विन्ति विसाउँदै छिन् ?(भिडियो सहित)

शुक्रबार, भदौ २, २०७४

loading...


काठमाडौं । संचारकर्मी एलिना दुलालले हरितालिका तिज २०७४ को अवसर पारेर “विन्ति छ मेरो” बोलको तिज गित पस्किएकी छिन् । तिजका गितहरुले मौलिकता विर्षिएको भन्ने चर्चा चलिरहेको बेला दुलालले आफ्नै मौलिक शब्द र स्वरमा पुर्वेलि लवजको तिज गित बजारमा ल्याएकी हुन् ।

परम्परागत रुपमा गाइने जितको मौलिक गितको झल्को दिने भाका पस्किएकी दुलालको गितमा महिला सशक्तिकरणको आवाज समेत समेटिएको छ । उनी भन्छिन्, “तिजलाई केवल रमाइलोको लागि मात्रै नभएर महिला शसक्तिकरणको आवाज बुलन्द पार्ने र महिला एकताको सन्देश दिने पर्वको रुपमा मनाइनु पर्छ ।”

दुलालको यस अघि “यो छोरी” नामक एल्बममा समेटेको “देश हाक्ने छोरी” वोलको गित सर्वाधिक रुचाइएको गित अन्तरगत पर्दछ । महिला शसक्तिकरणका लागी संचार पैरवी समेत गर्दै आएकी दुलाल यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउछिन् ।

उनको यो वर्ष गितले सानै उमेरमा विहे गर्न नहुने र अबका छोरीले पढीलेखी सक्षम बन्नु पर्ने सन्देश प्रवाह गरेको छ । उनले यो गित आफ्नै युट्युव च्यानल मार्फत सार्वजानिक गरेकी हुन् । दर्शक र स्रोताको माया पाइरहने कुरामा आफु सधै आसावादी रहेको उनको भनाइ छ ।

593 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank