नायिका सिल्पा पोखरेल साधारण तारेखमा रिहा

शुक्रबार, कार्तिक २९, २०७६

loading...


काठमाडौं । फिल्म निर्देशक छबि ओझासँग बहुबिबाह गरेकाे मुद्धामा अभिनेत्री शिल्पा पोखरेल जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा भएकी छन्।

नायिका पोखरेल शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन्। न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो।

छवि ओझा र जाहेरीकर्ता हेमाकुमारी ओझाबीच यसअघि नै अंशबन्डा भएकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata