शिव हमालको शब्दमा विष्णु माझिको लालुमै सार्वजनिक
बिहिबार, फाल्गुन २, २०७५
loading...

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा चर्चा कमाउन सफल गायिका विष्णु माझि र गायक सन्दीप न्यौपानेको आवाजमा रहेको लाली मै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिव हमालको शव्द संगीत रहेको गीतमा माया प्रेम र मिलन विछोडका कुरा समेटिएका छन् । प्रेमी सँग विछोडिदा पनि उसैको याद आइरहने गीत मार्फत जनाइएको छ । गीत मार्फत आफ्नो चोखो माया हिमालको हिउँ सँग दाज्न भ्याएका छन् ।
गीतको संयोजन आषिस अविरलले गरेका छन् । सृष्टि खड्का र सन्दिप न्यौपानेको अभिनय रहको म्युजिक भिडियोको राकेश घिमिरेले छायाङकन गरेका छन् भने निर्देशन प्रकाश भट्टले गरेका छन् ।
हेर्नुहाेस भिडियाे
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments