ग्ल्यामर नायिका शुभेच्छाले तीज गीतमा यसरी नाचेपछि…(भिडियो सहित)

बुधबार, साउन ११, २०७४

loading...


अश्मिता धमला हमालको तीज गीत ‘नाचुँ छम छम छम’ मा रंगमञ्चकी एक ग्ल्यामर नायिकाकाको साथमा दुइ अभिनेत्रीको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोमा चलचित्र क्षेत्रमा छुटटै पहिचान बनाएकी नायिका शुभेच्छा थापा, हास्यब्याग्य क्षेत्रमा नाम कमाएकी पल्पसा ढंगोल, र नाट्य क्षेत्रमा नाम कहलिएकी रश्मि भट्टको धमकेदार नृत्य रहेको छ । यि तीन कलाकारको साथमा विष्णुले पनि यस गीतमा अभिनय गरेकी छन । गीतमा यि तिनै कलाकारको विजोड नाचले म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

गीतको म्युजिक भिडियो प्रकाश राज कार्कीले निर्देशन गरेका छन । शुक्र लामाको कोरियोग्राफी रहेको यस गीतमा गायिका अश्मिता धमला हमाललाई गायक  ननिस भट्टराईले साथ दिएका छन् ।

335 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank