श्रावणी ल्याएपछि श्रवणकुमार जोशी दंग

आइतवार, पुस २४, २०७३

loading...


श्रावणी ल्याएपछि श्रवणकुमार जोशीको गीतको चर्चा सुरु, भन्छन् अब निरन्तर गीत लेख्छु काठमाडौँ । केही  दिन अघि एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका थिए ।

गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयको सुनेको बताए । गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्यको संयुक्त स्वर रहेको एल्बम ‘श्रावणी’ को बिमोचन गरिएको छ​।

एल्बममा चार वटा गीतहरु समावेस गरिएको छ । जसको सबै गीतमा संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन । गीतकार जोशीले एल्बमको शीर्ष गीतको भिडियो छिट्टै नै सार्वजनिक गर्ने तयारीमा रहेको बताए । जसको बजार ब्यवस्थापन भाईब्स क्रियसनले गरेको छ ।

382 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank