चलचित्र ‘शिवम्’ को ‘मेरी चन्द्रमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

आइतवार, बैशाख १७, २०७४

loading...


 राजु गिरी प्रोडक्सन तथा शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘शिवमको अर्को एउटा गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश भएको ‘मेरी चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा शोहम भेटवाललाई फिचरिङमा देखाइएको छ भने चन्द्रमाको रुपमा शुभेच्छा थापालाई देखाइएको छ ।

किरण गजमेरको स्वरमा रहेको उक्त दिपक दसनामीले लेखेका हुन । चलचित्रमा नायिका शुभेच्छा थापा र नव नायक सोहम भेटवालको मुख्य भूमिका रहेको छ । चलचित्र एक्सन तथा माया प्रेममा केन्द्रित रहेको छ । यस चलचित्रमा रवी गिरी, राजकुमार थापा, पल्पसा ढंगोल, मदन सिटौलालगायतको अभिनय रहेको छ । त्यसका साथै निरन्तर कलम चलाइरहेका सञ्चारकर्मी कमल फुयालले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन भने किरण गजमेरले द्वन्द निर्देशन गरेका छन् । चलचित्रलाई कल्पना खरेलले निर्माण गरेकी हुन । चलचित्र राजधानीको आसपास तथा जोमसोम लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रका निर्देशक राजु गिरीले बताएका छन ।

निर्देशक गिरीका अनुसार यो चलचित्र आगामी भाद्र १६ गते रिलिज हुने भएको छ ।

1785 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank