प्रियले ल्याए जन्मदिनमा गीत

शुक्रबार, जेष्ठ १८, २०७५

loading...


गीतकार, चलचित्र पत्रकार एवं कवि शान्तिप्रियले आफ्नो जन्मदिनको अवसर पारेर ‘अधर’ एल्वममा समाविष्ट गीत
सार्वजनिक गरेका छन् ।

उनको मेरो दुरी चल्यो, मन भीत्र हुरीचल्यो… बोलको सार्वजनिक गीतमा मायाका, प्रेम पिडाका एवं समर्पणका भावलाई समेटीएको छ । प्रियले आफ्नो गीति एल्वम अधरमा समावेश गरेको गीतलाई म्यूजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । गीतको संगीतकार दिपक शर्मा हुन् भने चर्चित गायक राज सिग्देलले गाएका हुन् । सुदिप सागरले यस गीतलाई एरेञ्ज गरेकाछन् ।

भिडियोलाई गीतकार स्वयं प्रियले निर्देशन गरेका छन् भने गीतमा शुशान्त कार्की, अनामिका चौलागाई र रश्मि रोदन फिचरीङ गरीएका छन् । गीतको छायांकार एवं सम्पादक माधवराज खरेल हुन् भने रंग संयोजन विरेन्द्र भाट ‘विपिन’ हुन् । गीत प्रेमको उच्चतम् विन्दुमा समर्पण भएको गीतकार शान्ति प्रियले बताए ।

एक अर्काप्रति समर्पित प्रेममय जोडीमा सानो विछोड वा दुरी पनि कति पिडादायी हुन्छ भन्ने कुरा गीतले बोलेको प्रियले बताए । गीतलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो ।

78 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank