गायक खरेलले यसरी सम्झे शहीदलाई -भिडियो सहित

बुधबार, माघ १६, २०७५

loading...


काठमाडौं । नेपाली सांगीतिक दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रमोद खरेलले शहीद दिवसको अवसरमा  गीत मार्फत  शहीदहरुलाई  सम्झेका छन् ।

प्रजातन्त्र प्राप्तीका निम्ती जीवनकाे आहुती दिएका ज्ञात अज्ञात शहिदको सम्मान र  सम्झनामा गायक खरेलले भावुकताले भरिपूर्ण  गीत मार्फत उनीहरुलाई   सम्झेका छन् ।    मेरै रगतले देशै भिजेथ्यो, म शहीद भए आमा , म शहीद भएको धेरै भयो । मेरो देश उस्तै भयो रे आमा जस्ता भावुक शब्द मार्फत  शहीदकाे भावना बाेलेका छन् ।

मंगल ग्रहमा नेपाल कसले पो बनाउ भन्याथ्यो ? सुनै सुनको छानो सजाउन कसले पो भन्याथ्यो र ? भन्दै शहीदको भावना गीत मार्फत प्रस्तुत गरेका छन् । भोको भेटलाई खान देउ नाङ्गो शरिरलाई ढाक्न देउ भनेर सरकारसँग  शहीदहरुले आधारभुत कुरा माग्दा  शहीद बन्नु परेको कारुणीक कुरा समेटिएको छ। मर्नेहरु फर्किदैनन, बाँच्नेहरु बोल्दैनन र  शहीदहरुलाई सालिकमा सिमित गरेको गायक खरेलले गीत मार्फत तीताे यथार्थता पाेखेका  छन् ।

शहीदकाे सम्मानमा गायक खरेलकाे  प्रस्तुती हेर्नुहाेस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata