के चौंथो बच्चाको सोचमा छन् शाहरुख ? यस्तो राखे नाम

सोमवार, माघ ८, २०७४

loading...


शाहरुख खान अहिले उनको टक शो टेड टक इंडियालाई लिएर चर्चामा छन् । भारतीय टेलिभिजन च्यानल स्टार प्लसमा आउने उक्त कार्यक्रममा धेरै प्रशिद्ध व्यक्तिहरु आफ्नो अनुभव बाड्न आउँछन् । केही समय अघि उक्त कार्यक्रमको सुटिङको समयमा शाहरुख खानले आफ्नो चौथा बच्चा को योजना बनाएका छन् ।

चौंथो बच्चाको नाम आकाँक्षा राख्दै शाहरुख

वास्तवमा शाहरुखले टेड टक्समा ‘इन्डिया नयाँ सोच नयाँ’ को एक भाग शूटिंग गर्दै थिए। शोको समयमा उनी आकाँक्षा भन्न चाहन्थे तर उनले उक्त नाम उच्चारण गर्न गल्ति भएर धेरै टेक लिनु परेके थियो । शाहरुखले भने, ‘मलाई यो नाम उच्चारण गर्न धेरै पटक लाग्यो जुन लाजमर्दाे कुरा हो । मलाई लाग्छ कि अब मैले चाँडै चौथो बच्चा जन्माउनु पर्छ, जसको नाम म आकाँक्षा हुनेछु।’ शाहरुख खान प्रायः आफ्नो बच्चाहरुको फोटो सहित सामाजिक सञ्जालमा छाहिरहन्छन् ।

शाहरुखले आफ्नो नयाँ टिभी शो टेड टक्समा ‘इन्डिया नयाँ सोच नयाँ’ मा मानिहरुलाइृ प्रेम मात्र होइन नयाँ विचारहरु बाड्न पनि सल्लाह दिन्छन् । उक्त शोमा सामाजिक समस्याहरुसंग जोडिएका विषयहरुमा चर्चा हुने गर्दछ ।

आजतकबाट

346 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank