शाहरुख खानसँग अपमानको बदला लिइने कलिंग सेनाको चेतावनी

शुक्रबार, मंसिर ७, २०७५

loading...


बलिउड । भारतीय फिल्मी उधोगका किंग खानलाई कलिंग सेनाले धम्की दिएको छ । करिब १७ साल पहिले शाहरुख खान अभिनित चलचित्र अशोकालाई लिएर कलिंग  सेना प्रमुख हेमन्त रथले भने, शाहरुख खानले उडिसावाशीको अपमान गरे । उक्त फिल्ममा कलिंग युद्धलाई गलत तरिकाले देखाउँदै उडिसाबाशीकाे भावनाको खिल्ली उडाए ।

आगामी हप्ता उडिशामा हुने हक्की वर्ल्डकपमा उपस्थित भएमा उनी माथि कालो मसि फ्याकिने छ । साथै कालो झण्डा देखाइने छ । कलिंग युद्ध २६५ इसा पूर्वमा भएको थियो । जहाँ सम्राट अशोकले कलिंगको राजालाई हराएका थिए । इतिहासमा यो युद्धलाई अत्यन्त क्रुर मानिएको छ ।

मुख्य मन्त्री नविन पटनायकको निमन्त्रणा स्विकार गर्दै किंग खान उडिशा आउने तय भएसँगै उडिशाको सुरक्षा कडा गरिएको भए पनि संगठनले भनेको छ । हाम्रा कार्यकर्ताहरु हरेक स्थानमा मौजुद हुनेछन् । उनीसँग अपमानको बदला लिइनेछ ।

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank