हिरोको यौनप्रस्ताव नमान्दा…

आइतवार, चैत्र ६, २०७३

loading...


दक्षिण भारतीय फिल्मकी अभिनेत्री कस्तुरीले तेलेगु फिल्ममा एक चर्चित अभिनेतालाई ‘कास्टिङ काउच’को आरोप लगाएकी छिन् । कस्तुरीले आफूलाई यौन शोषण गर्न खोजेका ती अभिनेताको नाम भने खुलाएकी छैनन् । उनले ती अभिनेता अहिले राजानीतिमा पनि सक्रिय रहेको जानकारी दिएकी छिन् ।

कस्तुरीले आफ्नो जीवनका खराब अनुभव सुनाउने क्रममा आफू कास्टिङ काउचबाट बचेको दाबी गरेकी हुन् । ‘ती अभिनेताले मलाई, मसँग सुत भनेर दबाब दिएका थिए,’ उनले भनेकी छिन्, ‘तर मैले मानिनँ । म उनलाई निकै सम्मान गर्दथेँ । तर, तिनी त साह्रै पातकी पो रहेछन् ।’ साउथ इन्डियन फिल्म उद्योगमा यौनशोषण र आशक्तिका प्रसंग आइरहने गर्दछन् ।

कस्तुरीले आफूले ती अभिनेताको सर्त नमान्दा फिल्मबाट निकालिनु परेको खुलासामा पनि गरेकी छिन् । ‘मैले उनको सर्त नमान्दा मलाई साह्रै तनाव दिए,’ कस्तुरीले भनेकी छिन्, ‘उनीसँग मैले जुनजुन फिल्ममा काम गरेँ, सबैमा तनाव झेल्नुपर्यो‍ । कसैगरी पनि मैले उनको कुरा नमानेपछि मलाई दुईवटा फिल्मबाट निकालिदिए ।’ नयाँपत्रिकामा खबर छ।

2374 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank