सुरुसुरुमा गीत संगितबाट खर्च धान्न गाह्रो छः गायिका सरिता

सोमवार, साउन २१, २०७५

loading...


बुटवलमा जन्मेकी गायिका तथा प्रशिक्षक सरिता पन्थी सुनार हाल काठमाडौँमा आफ्नो करिअर बनाउँदैछिन् । लोकआधुनिक तथा सुगमसंगितमा रुची राख्ने सरितासँग नेपालपाटी डटकमले गरेको कुराकानी ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
संगितमै व्यस्त छु । भर्खरै लोकगायक मानबहादुर सतशंकरको तीज गीत ‘रातो सारी’ गरेँ । त्यसपछि अनिल पहाडीको लोकआधुनिक गीत ‘कहाँ छौँ तिमी भनन्’ मा स्वर दिएँ ।

Sarita Panthi Sunar interviewअहिलेसम्म कतिवटा गीत गाउनुभयो ?
नेपाली, थारु, भोजपुरी, हिन्दी गरी ५० वटा गीतमा स्वर दिइसकेँ ।

संगित क्षेत्रमा पढेर लाग्नुभयो कि परेरै यहाँसम्म आइपुग्नुभयो ?
संगितमा डिप्लोमा गरेकी छु । २०६१ सालदेखि बागेश्वरी संगितालय बुटवलबाट सांगितिक क्षेत्रमा लागेँ । आफुले सिकेकै संगितालयमा ९ वर्ष प्रशिक्षण पनि दिएँ ।

तपाई आफैँले एल्वम निकाल्नुभएको छ कि छैन् ?
मेरो हजुरलाई र मेरो मन गरी दुई वटा एल्वम निकालेको छु ।

काठमाडौँ चाहिँ कहिले आउनुभयो ?
काठमाडौँ आएको पाँच महिना भयो ।

काठमाडौँ आएपछि चाहिँ कति काम गर्नुभयो ?
यसबीचमा ५ वटा गीत गाएँ ।

संगितमा लाग्न घरपरिवारबाट कतिको सहयोग छ ?
सुरुमा त संगितमा नलाग्न नै भन्नुभएको थियो । पढ्दै, काम गर्दै जादाँ सपोर्ट गर्न थाल्नुभयो । स्थानीय एफएम रेडियो, पत्रपत्रिकामा समाचार, अन्तर्वार्ता आउँदा खुःसी हुन थाल्नुभयो । त्यसपछि अगाडि बढ्न प्रेरित गर्नुभयो ।

संगितमा लाग्न कोबाट प्रेरित हुनुभयो ?
सानैदेखि स्कूलमा गाउँथेँ । रेडियो नेपालबाट गीत बज्दा कण्ठ गर्न कार्यक्रमलाई हप्तासम्म कुरेर बस्नुपथ्र्यो । त्यसरी गीत सिकेर गाउने गर्थेँ । शिक्षकहरूले पनि ‘तिमी त गायिका बन्छौँ’ भनेको सुन्दा मेरो क्षमता भएरै प्रेरित गरेको होला भन्ने लाग्थ्यो । साथीभाईहरूले पनि ‘तिमी राम्रो गाउन सक्छौँ’ भनेर हौसला दिन्थे । म उत्साहित हुँदै अगाडि बढेँ । मेरो रुची देखेर फुपु रुपा घमाल र दाजु दिपक घमालले बागेश्वरी संगितालयमा भर्ना गरिदिनुभयो ।

तपाईँलाई मनपर्ने गायक÷गायिका को को हुन् ?
मलाई सवैभन्दा मन पर्ने गायकमा राजेशपायल राई र रामकृष्ण ढकाल तथा गायिकामा अरुणा लामा र साधना सरगम हुनुहुन्छ ।

तपाईँलाई भविश्यमा को जस्तो बन्छु भन्ने लाग्छ ?
राजेशपायल राई, रामकृष्ण ढकाल, अरुणा लामा, साधना सरगमको गीत सुन्दा एक दिन उहाँहरू जस्तै बन्छु भन्ने लाग्थ्यो । अहिले उहाँहरूसँग काम पनि गरिसकेँ । अहिलेसम्मको अनुभवले गर्दा संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सक्छु भन्ने लाग्न थालेको छ ।

संगित क्षेत्रमै लागेर बाँच्न सक्ने अवस्था छ ?
अग्रज प्रोफेसनल कलाकारहरू संगितबाटै बाँचिरहनुभएको छ । स्कूल, कलेजमा पढाएर र तालिम केन्द्रमा प्रशिक्षण दिएर पनि आम्दानी गरिरहनुभएको छ । तर, सुरु सुरुमा भने गीत संगितबाट खर्च धान्न गाह्रो छ ।

संगित क्षेत्रमा लाग्न चाहनेलाई तपाईको सुझाव के छ ?
पछिल्लो समय नसिकी गाउनेहरू पनि आइरहेका छन् । यसले सांगितिक क्षेत्रमा विकृति ल्याएको छ । त्यसरी आउनेहरू क्षणभरमै पलायन भएको देख्न सकिन्छ । त्यसकारण बुझेर, सिकेर मात्र संगित क्षेत्रमा लाग्नुहोला ।

अन्त्यमा ?
मलाई यहाँसम्म आउन साथ दिनुहुने गुरुलगायत सम्पूर्ण साथीभाईहरूलाई धन्यवाद दिन चाहन्छु । नेपाली गीतसंगितलाई धेरै माया गरिदिनुहोस् । नयाँ एल्वमको तयारीमा छु, गीत सुनेर, हेरेर माया गरिदिनुहोला ।

1554 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank