शिब काश्यप र निर्मला पुलामी मगरको सर्बनास सार्वजनिक

मङ्लबार, जेष्ठ १५, २०७५

loading...


काठमाडौँ ।
जब सम्म कलाकारहरुको मन धनि हुन्छ, तब सम्म नेपाली गीत संगीतको क्षेत्र धनि हुने निश्चित छ । कलाकारहरुको मन धनि बनाउनका निमित जुन ढंग बाट गीत संगीतहरु बजारमा उपलब्ध गराइएको हुन्छ, सोहि अनुरुप श्रोता तथा दर्शकहरुले सुनेर र हेरेर साथ दिनु पर्ने हुन्छ । अनि मात्र नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुलाई उत्कृष्ट सांगीतिक स्वाद पस्किनका पालि उत्साह मिल्ने कुरा पनि यथार्थ हो ।

यति बेला गायक शिब काश्यप लाई पनि यसरी आम संगीत पारखीहरु बाट निरन्तर रुपमा पाउनका लागि मायाको खाँचो रहेको छ । हुन त उनले यस अघि म मर्ने बेला बोलको गीत बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । लगत्तै बजारमा आएको सर्बनास बोलको गीतलाई पनि पहिलेका गीत जस्तै माया गरेर यस क्षेत्रमा अगाडी बढ्न हौसला दिनेहुने छ भन्ने आशामा उनि यतिबेला उक्त गीतको प्रचार प्रसारमा जुटेका छन् ।
ूसर्बनास बोलको गीतमा शिब काश्यप र निर्मला पुलामी मगरको सुमधुर स्वर रहेको छ । शिब काश्यप र निर्मला पुलामी मगरको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतलाई लय कृष्ण बि.सी र शब्द रमेश बाबु परियारले भरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत र आइस्का लिम्बुको अभिनय देख्न सकिन्छ । हिम सम्झौता डिजिटल प्रालि मार्फत सार्बजनिक भएको भिडियोलाई निर्देशन कृष्ण बी सी ले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् । साथै यस गीत तथा भिडियोलाई तयार पर्न आफ्नो भूमिका निर्वाह गर्नै सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामान ब्यक्त गरेका छन् ।

भिडीयो पनि हेर्नुस ।।

75 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank