रमिताले ल्याइन् तेस्रो गितीसंग्रह ‘सानी नानी’

बुधबार, बैशाख ५, २०७५

loading...


काठमाडौँ । गायिका तथा मोडल रमिता भण्डारीको तेस्रो गितीसंग्रह ‘सानी नानी’ श्रोता माझ आएको छ । नयाँ वर्ष २०७५ को अबसर पारेर गायिका भण्डारीले तेस्रो एल्वम ल्याएकी हुन । एल्वममा संग्रहीत गीतहरुका केहि गितको भिडियो भने यस अघि नै बजारमा आइसकेका छन् । यस एल्वममा ६ वटा गीत संग्रहित छन् ।

Sani Nani

सानी नानी, के यो माया हो, छल्कीयो जवानी, जुनेली रात, तिमी को, तिमी निष्ठुरी गीतहरु सानी नानी एल्वममा छन् । उनी गायन, अभिनय तथा इभेन्टमा व्यस्त छिन् ।

सानै उमेरमा व्याण्डबाट प्रभावित भएकी भएर संगीतमा लागेकी उनी अहिले सफल कलाकारको रुपमा स्थापित छिन् ।

गायिका, मोडलका साथै उनी कुशल कोरियोग्राफर पनि हुन् । अहिले तेस्रो एल्वमको तयारीमा लागेकी उनी पहिलो गीत रेकर्ड गर्दाका क्षणलाई रमाइलो मान्दै निरन्तर साधना गर्दै आइरहेकी छन् ।

286 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank