मोडल सञ्चिताले अचानक किन बिहे गरिन् ?

शुक्रबार, चैत्र ९, २०७४

loading...


काठमाडौँ । मोडल सञ्चिता शाहीले अचानक बिहे गरेकी छिन् । बिहेको कुरा समेत नभएको अवस्थामा उनी एक्कासी बेहुली बनिन् । तर, यो यथार्थमा नभइ म्युजिक भिडियोमा हो ।

sanchita shahi मोडल सञ्चिता शाहीले अचानक किन बिहे गरिन् ?

शितल सिजन डिजिटल प्रालिको प्रस्तुतीमा एनके परियारको ‘सपनाको संसार’ मा शाही बेहुली बनेकी हुन् । उक्त गीतमा शब्द ओम चिनाल, स्वर मौसम गुरुङ र विष्णु माझीको रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोको छायाङकन सुरेश श्रेष्ठले गरेका हुन् ।

मेकअपमा नन्दा अधिकारी, हेयर डिजाइनमा सरिता प्रजापति र ड्रोन अपरेटरमा लोकेन महाराले सघाएका थिए । उक्त म्युजिक भिडियो केही दिनमै बजारमा आउँदैछ ।

617 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank