नायिका बेनिशा र रंगकर्मी बिरेन्द्र सम्मानित

आइतवार, मंसिर २३, २०७५

loading...


काठमाडौं । यस बर्षको सर्वाेत्कृष्ट नायिका बेनिशा हमाल र सी जी क्रिटिक्स अवार्ड २०७५ बाट सम्मानित रंगकर्मी बिरेन्द्र हमाल सम्मानित भएका छन् ।  ठकुरी सहयोग सञ्जाल नेपालले नायिका बेनिशा र रंगकर्मी बिरेन्द्रलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

ठकुरी सहयोग सञ्जालको केन्द्रिय कार्यालय नक्सालमा एक कार्यक्रमको आयोजना गरि संञ्जालले कामना फिल्म अवार्ड २०७५को सर्वाेकृष्ठ नायिका अवार्डबाट सम्मानित नायिका हमाल र रंगमञ्च तर्फको उत्कृष्ट कृटिक्स अवार्ड विजेता विरेन्द्रलाई सम्मानपत्र र दौसल्ला सहित सम्मान गरेको ठकुरी सहयोग सञ्जालका कार्यबाहक अध्यक्ष अजय मल्लले बताए ।

samman1

सम्मान पछि नायिका बेनिशा र रंगकर्मी बिरेन्द्रले ठकुरी सहयोग सञ्जालले गरेको सम्मानले थप हौसला प्राप्त भएको बताएका छन् । उनीहरुले ठकुरी सहयोग सञ्जालले गैर ठकुरी लगायतलाई समेत गरेको कार्यको प्रशंशा समेत गरेका थिए ।

s

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata