के गरे गायक कृष्ण समिपले सुन्तलाको बोटमा बसेर ? (भिडियोसहित)

आइतवार, मंसिर १२, २०७३

loading...


नेपाली लोकदोहोरी क्षेत्रमा लामो समयदेखि आवाज र कलमको माध्यमबाट निरन्तर अगाडि बढ्दै आएका सञ्चारकर्मी तथा गायक साथै सर्जक कृष्ण समिप सुवेदी र मुना कुमालको आवाजमा अर्को उत्कृष्ट रमाइलो लोकदोहोरी गीत ‘सुन्तलाको बोटमा’बजारमा आएको छ । रेडियो पत्रकारिता गर्दै आएका सुबेदी हाल इमेज एफ एममा कार्यक्रम उकाली ओराली सञ्चालन गरिरहेका  छन् ।

दर्शक श्रोतालाई सधै भगवान मान्ने कृष्णको ‘सिरसिर बतास’ निकै चर्चामा रहयो, त्यस पच्चात धेरै गीतहरु बाजारमा आए । सबै गीतहरुले लोकप्रियता कमाएसँगै यो निकै रमाइलो गीत अहिले धेरै श्रोताको मनमा बसेको छ । यस गीतमा पनि कृष्ण समिप सुबेदीकै लय र शब्द रहेको छ । गीतलाई राधिका इन्टरटेडमेन्टले बजार ब्यबस्थापन गरेको छ ।

गीतमा अभिनय भने सुनिल गुरुङ, पुजा ज्योति र बिरासत सुबेदीले गरेका छन । राजेश घिमिरेको छायांकनमा तयार गीतको म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । टेकेन्द्र शाहको सम्पादनमा तयार म्युजिक भिडियो म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

456 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank