​सर्मपण पुस १५ मा

मङ्लबार, मंसिर १४, २०७३

loading...


काठमाडौं, १४ मंसिर । नेपाल तथा बंगलादेशमा छायांकन गरीएको चलचित्र सर्मपण पुस १५ गतेबाट रिलिज हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रले टिमले गीत तथा पोष्टर रिलिज गराएको हो । चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथयमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय छक्का पञ्जा लगायतका चलचित्रहरुको राम्रो प्रर्दशनमा आएको उर्जाले चलचित्र निर्माण गर्न हौसला बढेको बताए । उनले सरकारी नियम निकाय अस्पस्टता नभएकाले चलचित्र विकास बोर्डले स्पष्ठ धारण बनाउन आग्रह गरे ।

यस्तै अर्का वरिष्ठ कलाकार रमेश बुढाथोकीले पनि चलचित्र सर्मपणलाई सफलताको शुभकामना ब्यक्त गर्दै सर्मपणले दर्शकहरुको चासो बढाउन सकोस भने शुभेच्छा दिएका दिए । कार्यक्रमा प्रमुख अतिथि राईले चलचित्रलाई सफलताको शुभकामना दिदै नयाँ नयाँ कथामा चलचित्रहरु निर्माण भैरहेकोमा विकास बोर्डले स्वागत योग्य ठानेको बताए । उनले विज्ञानले दिएको सुविधा प्रयोग गर्नु पर्नेमा जोड दिदै विकसित भएको प्रबिधिलाई अपनाउन चलचित्रकर्मीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा चलचित्रका निर्देशक बसन्त निरौलाले सर्मपण राम्रो चलचित्र बनाएको बताए । सर्मपणलाई केही मान्छेहरुले भिडियो फिल्म बनाएको आरोप लगाएकोमा आप्पती जनाउदै निर्देशक निरौलाले साथीभाईको बिषयको कथा उठान गरेको बताए । चलचित्रमा नाम नचलेका नया कलाकारहरु रहेपनि उनीहरुले राम्रो काम गरेको र चलचित्रलाई बंगलादेशका विभिन्न रमणिय स्थानमा छायांकन गरेको उल्लेख गरे । यस्तै  निर्माता रोजन रखालले पनि चलचित्रलाई स्वदेश तथा बिदेशमा छायांकन गरेको बताउदै राम्रो कथा भएकाले चलचित्रमा आफुले  लगानी गरेको बताए ।

चलचित्रमा कैलास तामाग, रन्जु शर्मा, रुबिना शर्मा, अनु पराजुली आशा भुसाल, रोजन रखाल, बिश्व लामा, प्रयास लामालगायतकाको मुख्य भूमिका रहेको छ । टंक बुढाथोकीको संगीत रहेको यो चलचित्रमा दिब्य सुबेदी, दिनेश बान्तोवा, जयकुमार दलामीमगरको छायाकन, बिश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापा किम्भेको सम्पादन तथा कुमार महर्जनको एक्सन रहेको छ । फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालिको ब्यानरमा बनेको चलचित्रलाई ईमरान सिदिकिले निर्माण गरेका हुन ।

344 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank