बंगलादेशमा छायांकन गरिएको ‘समर्पण’को गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार, पुस १, २०७३

loading...


यही पौष १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर्पण’को नया गीत सार्वजनिक गरिएको छ। ‘आँखैले आँखको’बोलको सार्वजनिक गीतमा अहिलेका ब्यस्त संगीतकार टंक बुढाथोकीको शब्द ,संगीत र स्वर रहेको छ । प्रस्तुति गीतमा टंक सगै मनीषा पोखरेलको पनि आवाज रहेको छ । गीतमा बिश्वास लामा कोरियोग्राफी रहेको छ ।

चलचित्रको यस गीतलाई बंगलादेश बिभिन्न रमणीय स्थान छायांकन गरिएको छ । अहिले चलचित्रको प्रचार प्रसार निर्माण यूनिटले तिव्र गरेको छ । केहि दिन अघि मात्रै चलचित्रको देश दौडाहा प्रचार प्रसार सकेरा अहिले राजधानीमा प्रचार प्रसारमा यूनिट ब्यस्त रहेको छ ।

नेपाल तथा बंगलादेशमा छायाकन गरीएको चलचित्र समर्पणलाई बसन्त निरौलाले निर्देशक गरेका हुन । चलचित्रमा कैलास तामाङ, रन्जु शर्मा, रुबिना शर्मा, अनु पराजुली आशा भुसाल, रोजन रखाल, बिश्व लामा, प्रयास लामा लगाएतकाको मुख्य भुमिका रहेको छ । रोजन रखालको प्रस्तुतिमा फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा बनेको चलचित्रलाई ईमरान सिदिकिले निर्माण गरेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank