अरबाज खानको यस्तो खुलासा ‘सलमान खान सेक्सबिना एक महिना पनि बस्न सक्दैनन’

सोमवार, मंसिर २७, २०७३

loading...


काठमाडौं । सलमान खानले तीन वर्ष पहिले ‘कफी विद करन’ को चौथो संस्करणमा आफूलाई भर्जिन भएको दाबी गरेका थिए तर अब यहि कार्यक्रमको पाँचौं संस्करणमा उनका दाइ अरबाजले अचम्मित बनाइदिने खुलासा गरेका छन् । ‘कफि विद करन’ को पाँचौ संस्करणमा अरबाज खानले आफ्नो भाइ सलमानलाई सेक्स र वर्कआउट बिना एक महिनासम्म रहन नसक्ने भनी सबैलाई चकित बनाएका छन् ।

कार्यक्रमको र्यापिड फायर राउण्डको क्रममा करनले सोधे, ‘जो एक महिना बिना सेक्सको च्यालेन्ज स्विकार गर्न सक्दैनँ ?’ जवाफमा अरबाजले सलमानको नाम लिए । त्यसपछि सलमान खान हाँस्दै अरबाजतिर हेर्दै प्रश्न गरे, ‘के भनिरहेको छौ ?’ पछि करनलाई सलमानले भने, ‘म वर्कआउट र मेकआउट बिना एक महिना पनि बस्न सक्दिनँ । समस्या हुन्छ ।’

तीन वर्ष पहिले सलमानले भनेका थिएः
सन् २०१३ मा कफी विद करनको चौथो संस्करणमा करनले सलमानसँग धेरैजसो उनको नीजि जिन्दगीबारे प्रश्न सोधेका थिए तर सलमान यसपटक भिन्न मुडमा थिए । उनले करनको एक प्रश्नको जवाफ दिएका थिए, ‘म भर्जिन छु । सलमान यति भनेर मात्र रोकिएनन् उनले थपे, ‘हो मैले आफ्ना प्रेमिकाहरुसँग पनि झुटो बोलें ।’

सलमानका अनुसार उनी एक्लै सुत्न रुचाउँछन् । सलमानले यो पनि खुलासा गरेका थिए कि उनले आफ्ना थुप्रै पूर्व–प्रेमिकासँग कुराकानीसमेत गरेनन् किनभने सलमान उनकी प्रेमिकाहरु गसिपको कारण बनून् भन्ने चाहँदैनथे ।

1426 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank